मृत अवस्थामा फेला

गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै काठमाडौं महानगरपालिका-३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सुन्दरीजल घुम्न गएको अवस्थामा बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्व समेतबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।