पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका छन् । क्याथोलिक मेडिकल एन्ड डेन्टल स्टुडेन्ट्सको महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु सहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।
मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका हुन् । उनीहरूको रिहाइको बदलामा फिरौती मागिएको छ ।
नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।

















