एक खर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दैछ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता अर्थात लगानीयोग्य रकम थुप्रिन थालेपछि बैंकले एक सूचना निकालेर निक्षेप सङ्कलनको लागि बोलकबोल हुने जनाएको छ । २१ दिनको लागि निक्षेप सङ्कलन उपकरण कोबोलकबोल तथा निष्काशन गर्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन ।

आज लिएको साँवा तथा ब्याज भुक्तानी आउँदो भदौको २३ गते हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाइने सूचनामा उल्लेख छ ।

निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बजारमा कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले धमाधम बैंक तथा वित्तीय संस्थाबाट पैसा उठाइरहेको छ ।