कुम्भेश्वर मन्दिरनजिकैको घरमा आगलागी

ललितपुरको कोबहालस्थित कुम्भेश्वर मन्दिरनजिकैको घरमा आगलागी भएको छ । सोमबार बिहान ८ बजेर ४० मिनेट जाँदा मन्दिरनजिकै रहेको अमिरमान बज्राचार्यको घरमा आगलागी भएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले कान्तिपुरलाई जानकारी दिए ।

नगर प्रहरी प्रमुख हाछेथुका अनुसार ग्यास लिक भएर उक्त घरमा आगलागी भएको हो । जनैपूर्णिमाका दिन कुम्श्वेरमा मेला लाग्ने गर्छ । त्यही मेलाका लागि जेरी, स्वारीलगायतका मिठाई बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको उनको भनाइ छ ।

ुआगलागीको खबर पाउनासाथ हामीले ३ वटा दमकल, एउटा ट्यांकर र २५ जना नगर प्रहरी खटाएर तुरुन्तै आगो निभाउन सक्यौँ । समयमै हामी पुगेकाले ठूलो क्षति हुन पाएन,ु हाछेथुले भने । आगलागीबाट भौतिक क्षति भए पनि कसैलाई केही नभएको समेत उनले बताए ।