चट्याङ लागेर मृत्यु

कालिका नगरपालिका-१० पाईमराङ बस्ने ५० वर्षीय दिल बहादुर प्रजाको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै सम्धिनीको घरमा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

साथै चट्याङ लागेर घाइते भएकी सोही ठाउँ बस्ने २४ वर्षीय सरिता चेपाङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।