काठमाडौं । त्रिभुवन विश्व विधालय अन्तरगर्तका क्याम्पसहरु बि.ए तहको प्रथम बर्ष नेपाल भाषा बिषयमा बि.ए. तहमा भर्ना खुलेपछि नेवा विद्यार्थीहरु हर्षित भएका छन् । उनीहरुले नेपाल भाषालाई जेर्गना गर्नकोलागि सुमुदायको सचेत युवायुवतीहरुले नेपाल भाषा पढ्नु पर्नेमा अनुरोध समेत गरेका छन् ।
त्रिवि विश्व विद्यालय अन्तरगर्तका क्याम्पसरुमा वि.ए तहको प्रथम वर्षको भर्ना खुलेको जानकारी गराउदै काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस, बागबजारमा अवस्थित पद्यम कन्या क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पसमा गत श्रावण २८ गतेदेखि खुलेको बताए ।
बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८१।०८२ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना खुलेका अवगत गराउँदै देशको संविधान, ऐन कानुनमै मातृभाषा शिक्षा अध्ययन गर्ने रहेको छ । नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै उज्वल भविष्य रहेका जनाउँदै समयमै भर्ना हुन नेवाः विध्यार्थी युनियनका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता रिदेन महर्जनले अनुरोध गरेका छन् ।
बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा सञ्चालनमा ल्याउने विधयेक पारित पश्चात अध्ययन तहमा विद्यार्थीहरुलाई रोजगारीको सुवर्ण अवसरले घच्घच्याइरहेकाले अाफ्नो उच्च शिक्षा हासिल गर्ने सुवर्ण अवर समयमै सुरक्षित गर्नुहुन सुकुन्दा साहित्य पालाका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता प्रशान्त डंगोलले पनि अनुरोध गरेका छन् ।
बिए. ए. तहको विभिन्न बिषय अन्तर्गत भाषा समूहमा नेपाल भाषा अध्ययन गर्न रत्न राज्य क्याम्पसका शिक्षक एवम् पद्यम क्याम्पसका सह—प्रध्यापक मदनसेन बज्रार्चाय अनुरोध गरेका छन् । जस अन्तर्गत नेपालभाषा, लिपि, साहित्य, संस्कृति, संस्कृति आदि ज्ञान प्राप्त गर्न सकिने उनले जनाए ।
नेपालभाषा अभियान्ताहरुको करिब ८ बर्षको मिहिनत मिहिनत पश्चात रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं. २०७४ सालमा नेपालभाषा विषयमा कक्षा पुनः सञ्चालन गर्न सफलका साथै देशको मुटु काठमाडौं जिल्लामा पनि वि.सं.२०७८ सालदेखि एम. ए. तहको नेपालभाषा कक्षा अहिले सञ्चालन जारी रहेको छ । भर्ना सम्बन्धी सुचना तल जानकारी गराएको नेवाः विध्यार्थी युनियनका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता रिदेन महर्जनले जानकारी दिए ।





















