काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दै बैठक साँझ १८ः३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको बताइएको छ । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो ।


















