सहकारी अपचलनमा रवि लामिछानेको जेल जादै ?

सहकारी अगचलनमा आफ्नो संलग्नता नरहेको बताउदै आएका रविको कर्तुतको पर्दाफास भएको छ । संसदीय अनुसन्धान समितिले गोरखा मिडिया नेटवर्कमार्फत सहकारी कोषको दुरुपयोगमा रवि लामिछानेलाई संलग्न भएको पत्ता लगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ ।

सूर्य थापाको नेतृत्वमा रहेको संसदीय अनुसन्धानसम्बन्धी विशेष समितिले आज आफ्नो प्रतिवेदन पेस गर्दै छ। समितिका सदस्य लेखनाथ दहलका अनुसार सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा हस्तान्तरण गर्ने जीबी राईले काम गरेका थिए तर त्यसरी आएको रकम रविमार्फत खर्च भएको छ।

गोर्खा मिडियाका तिन सञ्चालकहरू (जीबी, रवि र छाविराज जोशी) ले संयुक्त खाता खोलेका थिए, तर १४ महिनाको अवधिमा रवि प्रबन्ध निर्देशक थिए, रवि लामिछानेले एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ। समितिले उनलाई कानुनी कारबाही गर्न पठाउन सहमति जनाएको छ। समितिले दुई महिनामा २ हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ । जसमा सोधपुछ, बयान, अनुसन्धान र लेखन समावेश थियो। समितिले सर्वसम्मतिले गोरखा मिडियामा रविको १५% सेयरलाई गैरकानुनी भनेको छ।

८ अर्ब रुपियाँको अपचलन हुँदा पनि सहकारीसम्बन्धी विज्ञ,विशेषज्ञ र राज्य निकायका तलब भत्ता खाने क्रियाकलापमा मात्रै सीमित रहेको अनुसन्धानबाट थाहा भएको उनले बताए । उनले रु ६४ करोडको ऋण सुरक्षा कोषसहित विभिन्न संयन्त्रको सिफारिस गरेका छौं । सहकारी ठगीमा संलग्न व्यक्तिहरूको बारेमा सबै जानकारी खुलाएर राज्य निकायहरूलाई दबाब र प्रभावमा राखेर प्रतिवेदन तयार गरिएको थियो।