खुस्मा फिल्मले ३ दिनमा कति गर्‍यो ग्रस कलेक्सन ?

फिल्म खुस्माले ३ दिनमा साढे २ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ।

बिहीबार, शुक्रबार र शनिबार गरेर फिल्मले २ करोड ५५ लाख रूपैयाँ कलेक्सन गरेको निर्माताको दाबी छ। निर्माण पक्षले आइतबार ३ दिनको कलेक्सन विवरण सार्वजनिक गरेको हो।

गत बिहीबारदेखि प्रदर्शनमा आएको यो फिल्ममा धिरज मगर र उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्। अशोक थापा मगरले फिल्मको लेखन तथा निर्देशन गरेका हुन्।

खुस्मा फिल्म मगर समुदायको परिवेशमा निर्माण भएको फिल्ममा जनयुद्धको प्रभावकाबीच अंकुराएको एक जोडीको प्रेमलाई देखाइएको छ।