काठमाडौंवासीले बिशेषरुपमा मनाउने इन्द्रजात्रा पर्व यो वर्ष सकिएको छ । तर यो पटक इन्द्रजात्राको अन्तिम दिन जात्रा देखाउने क्रममा कुमारी लडेको र गणेश रोएको घटना निकै चर्चाको विषय बनेको छ । काठमाडौं बासीले कुमारी रुनुलाई अशुभको संकेत मान्दै आइरहेको जनविश्वास छ । त्यसैले काठमाडौंमा अब ठुलै अशुभ हुने चर्चापरिचर्चा यहाँका जनतामाँझ भइरहेको छ ।
कुमारी मात्र होइन गणेश पनि यो पटक रोएका छन् । कुमारी रथबाट बाहिर ल्याउने क्रममा लडिन भने कुमारी लडेपछि गणेश रोएका हुन् । त्यस्तै समयबजि चढाउने क्रममा गणेश र कुमारी माथि समयबजि चढाउनु पर्नेमा केही अराजक तत्वले जथाभावि अन्य चिज फालेपछि गणेश रोएका थिए ।
२०८१ साल श्रावण ५ गते शनिबार दिउँसो १:४७ बजे एकाएक दोलखा भिमसेनको शिलाबाट पसिना आउन थाल्यो । शुरुमा बायाँ बाट आएको पसिना पछि दायाँबाट र पुन: बिचबाट आएको पुजा व्यवस्थापन समितिले जानकारी दिएको थियो । दोलखा भिमसेनको शिलाबाट पसिना आउनुलाई काठमाडौं उपत्यकामा शुभ संकेतको रुपमा लिइदैन । भनिन्छ–दोलखा भिमसेनको शिलाबाट पसिना आउनु भनेको देशमाथि ठूलो संकट आउँदै छ भन्ने संकेत हो । विभिन्न समयमा यसरी नै पसिना आउँदा देशमा अनिष्ट भएको हामी सबैले महशुस गरेकै कुरा हो । यस अघि वि.सं. २०५१ सालमा पनि पसिना आउँदा तत्कालिन राजा विरेन्द्रको पुरा परिवार विनाश भएको थियो भने २०७२ मा पनि भुकम्प पूर्व यसैगरी पसिना आएको स्थानीय बताउँछन् ।
यसरी दोलखा भिमसेनमा यस पटक पनि करिब ३ दिनसम्म पसिना आएको समाचार आयो र ३ दिनपछि सौर्य एयरलाइन्सको काठमाडौंबाट पोखरा जान लागेको विमान एकाएक आगलागी भई त्यसमा सवार १८ जनाको ज्यान गयो । त्यस्तै रसुवातिर जान लागेको हेलिकप्टर दुर्घटना भयो । यसरी एक पछि अर्को अनिष्टको संकेत देशमा देखा परी रहेको छ । जानकारहरु र बुढापाका यसपालिको घटनालाई सामान्य नभई विशेष अनिष्टको रुपमा विश्लेषण गरिरहेका छन् । यस्ता अनिष्टका संकेत आउँदा पनि राज्य सत्तामा बसेका सञ्चालकहरु जनताको पिरपर्का र संस्कार संस्कृति र परम्परा अनुसार जनताको कष्ट निवारण गर्न चनाखो बन्नु पर्नेमा सत्ता स्वार्थमा लिप्तहरु सत्ता जोगाउन र आफ्नो स्वार्थ पुरा गर्न मात्र केन्द्रीत छन् । यो संकेतलाई समयमै सम्बोधन नगर्ने हो भने अब आउने अनिष्ट अकल्पनीय हुनेछ । यसमा सम्बन्धीत पक्षको ध्यान जावस् ।


















