काठमाडौं । अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन्।
नेपालमा आएको प्राकृतिक विपत्तिका कारण देश विपद्मा परेपछि प्रधानमन्त्री ओली आफनो भ्रमण तालिका छोट्याएर स्वदेश फर्कन लागेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले अमेरिकामा रहेको औपचारिक र अनौपचारिक कार्यक्रम समेत रद्ध गरेका छन्।
यसअघि प्रधानमन्त्री ओलीले देशमा आइपरेको विपत्तीका कारण आफु मर्माहत भएको प्रतिक्रिया दिए । । काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि अमेरिकाबाटै सम्बन्धित निकायलाई उद्धारमा खट्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई उद्धारमा खटिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एक नारायण अर्याल लगायतलाई समन्वय गर्न निर्देशन दिएका थिए । उनले विपद्का बेला सबै मिलेर उद्धारमा सहयोग गरौं भन्दै अपिल समेत जारी गरेृका छन्।



















