नेपाली बजारमा आज सुनको मूल्य एक लाख ६४ हजार चार सय पुगेको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
बिहीबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६४ हजार चार सय रूपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार रूपैयाँ बढी हो।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।


















