मिनबहादुर गुरुङको एमालेलाई दिएको जग्गादान भ्रष्ट्रचारजन्य जघन्य अपराध भन्दै परेको रीट निबेदन आज दर्ता हुने

काठमाडौं । केहि दिन अगाडी सर्बोच्च प्रशासनले दरपीठ गरीएको मिनबहादुर गुरुङको एमालेलाई दिएको अरबौं पर्ने जग्गादान भ्रष्ट्रचार जन्य जघन्य अपराध भन्दै परेको रीट निबेदन आज दर्ता हुने भएको छ ।

माननीय न्यायधिश श्री तिलप्रसाद श्रेष्ठको एकल ईजलासले प्रशासनको दरपिठलाई बदर गर्दै निबेदन दर्ताको लागी आदेश दिएको हो । अब निबेदन प्रकृयामा अगाडी बढेको र केहि दिन पछि प्रारम्भिक सुनुवाइ सुरु हुने कुरा निबेदक अधिबक्ता डा. ज्ञान बस्नेतले बताए ।

व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा सहित भवननै आफ्नै पैसाले बनाउने भने पछि यति बेला चारैतिरबाट एमाले आलोचित भएको र पार्टीको भवन एक व्यक्तिले बनाई दिने भने पछि एमाले पार्टीभित्रका नेता तथा कार्यकर्ताले आलोचना समेत गरेको अधिवक्ता बस्नेतले बताए ।