बाटो बिराएका बाबुराम पुरानै ठाउँमा फर्किए !

नेपालीमा एउटा भनाई छ यदि बाटो बिरायो भने जुन ठाँउबाट बाटो बिराएको हो त्यही ठाउँमा फर्कनु पर्छ । यति बेला पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी नयाँ शक्तिका संयोेजक डा.बाबुराम भट्राईले सोही भनाई अनुशरण गरेका छन् । २०७३ सालमा एकलाख सस्थापक सदस्य बनाएर नयाँ शक्ति पार्टी घोषणा गरेका भट्टराईले मधेश केन्द्रीत दलसँग पार्टी एकता गरे सँगै नयाँ शक्ति नाम छाडेका थिए । तर बिचमा गल्ती भएको भन्दै यही २०८१ कार्तिक ५र ६ गते पोखरामा सम्पन्न विधान अधिवेशनबाट पार्टीको नाम नेसपा नयाँ शक्तिले राख्ने निर्णय गरेर उनी पुन पुरानै ठाँउमा फर्किएका छन् । बिधान महाधिबेसनबाट काठमाडौं फर्किए पछि पत्रकारसँग अन्तरंग कुराकानी गर्दै भट्राईले भने संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाई आवश्यक रहेको छ । उनले भने  पुराना वाद र पाटीबाट अब मुलुक चल्दैन । ‘वैकल्पिक र अग्रगामी साेंचसहितको नयाँ शक्ति निर्माण गनुपर्छ, र संघीयतालाई पनि परिष्कृत गर्दै लैजानुपर्छ ।संघीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र संवद्र्धन गर्दै लैजानु आजको आवश्यकता भएकामा पनि उनले जोड दिए ।
भट्टराईले ०८४ पछि एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने विश्लेषण गर्दै भने उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले दिन्छ तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको ले ‘यो ठाँउ अहिले खाली नै छ । कुनै पनि पात्र आउन
सक्छ ।’ २०८४ मा वैकल्पिक शक्ति निर्माण भए पनि एउटैको चाहिँ बहुमत आउन नसक्ने बिष्लेषण ‘तर, एलाइन्स वा गठबन्धन बनाएर हुन्छ कि भन्ने मेरो सोच छ’, ‘एजेन्डा सेट गरेर वैकल्पिक राजनीति स्थापित गर्ने र त्यसका वरिपरि गठबन्धन गर्न सकिन्छ कि भन्ने आफूलाई लागेको पनि उनले बताए ।
कमी कमजोरीबाट पाठ सिक्दै अब फेरि पार्टीलाई रि–ब्राण्डिङ गरेर वैकल्पिक राजनीतिकका लागि पैरवी गर्न लागिपरेको उनको भनाई थियो । तर वैकल्पिक शक्ति बन्ने भन्दैमा राजावादी भने कुनै हालतमा हुन नहुने उनले बताए ।
भट्टराईले वैकल्पिक शक्तिको अगाडि कांग्रेस, एमाले र माओवादी एउटै बरु त्याँबाट केही ब्यक्ति नयाँ शक्तिमा लाग्ने बताए । यस्तै भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताए । यस्तै भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गरे ।
भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको गतिविधिसमेत शङ्कास्पद देखिएको उल्लेख गरे । उनको भुटान भ्रमणसमेत शङ्कास्पद रहेको उनको भनाई थियो । उनको आशंका थियो मुलुक भुटानी करण हुदै सिक्कमी करण हुन सक्छ । यसमा सतर्क रहनु पर्दछ । प्रमुख सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूसँगको छलफलमा उनले भ्रष्टाचार महारोगको रूपमा रहेको तर दलहरूले आफ्नालाई जोगाउने र अर्कालाई हान्नेबाहेक अरू केही नगरेको आरोप लगाए ।
‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ’, उनले भने, ‘अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ । आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे पनि भ्रष्टाचारको फोहोरको जुन आहाल छ त्यसलाई सम्म्याउन पहलचाहिँ गरेको
देखिँदैन ।’ उनले प्रचण्डजीले भ्रष्टाचार विरोधमा कार्यक्रम गर्ने भन्दा हाँसो उठ्ने बताए । यस्तै उनले नयाँ भनिने केही दलहरूले पनि विकल्प दिनुभन्दा पनि नकारात्मकता मात्रै फैलाउन केन्द्रित भएको जस्तो देखिएको भन्दै यसबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे । नयाँ भनिनेहरू पनि व्यवस्थित हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने उनको धारणा थियो ।