रेखा पौडेललाई रातो कार्ड, नेपाल १० खेलाडीमा सीमित

काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेँलो कार्ड पाएपछि उनले मैदान छोडेकी छन्। उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ । रेखाले मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फालेका थिए ।