बेल्जियमको राजदूतमा सेवा लम्साल अनुमोदन

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको छ। उनलाई सर्वसम्मति बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

उनी अहिले परराष्ट्र सचिव छिन्।उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने र नगर्ने विषयमा सुनुवाई गरेको थियो। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।