रवि लामिछानेको बयान आज पनि, बुधबार सक्ने तयारी

पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि जारी छ । उनको बयान अन्तिम चरणमा पुगेको छ ।
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका रविको आजै बयान सकाउने तयारी गरेको छ ।
मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिईन् । कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।