प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङल आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिइएका छन ।

नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो।

उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए। सोहीअनुसार नै चीनबाट निम्तो आएको र त्यसबारेमा छिट्टै निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका खण्डमा त्यसबेला बिआरआइ परियोजनालगायत विषयमा पनि कुराकानी हुने बुझिएको छ ।