सिँगारिएको छठ घाट (फोटोसहित)

महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

धनुषाको जनकपुरधामस्थित सिँगारिएको धनुषसागर छठ घाट । लोकआस्थाको महापर्व छठ पूजा तराई मधेसका सम्पूर्ण जिल्ला, काठमाडौँ उपत्यकालगायतका विभिन्न ठाउँमा मनाइन्छ । 
महोत्तरीको जलेश्वर नगरपालिका –८ स्थित चौधरी पोखरीमा छठ पर्वको मुख्य दिन आज सन्ध्याकालीन पूजाको लागि सरसामान मिलाउँदै भक्तजन ।
 
छठ घाट जाँदै व्रतालु
सर्लाहीको सदरमुकाम मलङ्गवाका छठ व्रतालु पूजा सामग्री लिएर छठ घाट जाँदै ।
छठ घाटमा पूजा सामग्री
 धनुषाको जनकपुरधामस्थित गङ्गासागर पोखरीमा लोकआस्थाको महापर्व छठपूजाका लागि राखिएका पूजा सामग्री । तराई मधेसका सम्पूर्ण जिल्लासहित काठमाडौँ उपत्यकामा आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् ।

छठ पूजाको तयारी
 धनुषाको जनकपुरधामस्थित गङ्गासागर पोखरीमा लोकआस्थाको महापर्व छठपूजाका लागि राखिएका पूजा सामग्री । तराई मधेसका सम्पूर्ण जिल्लासहित काठमाडौँ उपत्यकामा आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन तयारीमा व्रतालु
 सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित जनसागर पोखरीमा छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा पूजा सामग्रीसहित तयारी अवस्थामा रहेका व्रतालु ।