रुस र युक्रेनद्वारा एकअर्काविरुद्ध अहिलेसम्मकै घातक ड्रोन आक्रमण

रुस र युक्रेन युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन् । आइतबार रुसी रक्षा मन्त्रालयले भने, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ। तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए । जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो।’

युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो। तीमध्ये अधिकांशलाई खसालिएका थिए । आइतबारको युक्रेनी आक्रमण आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला हो।

मस्कोका गभर्नरले पनि आक्रमणलाई ‘ठुलो’ भनेका छन्। अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन् । रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ ।