मंसिर महिनामा वाणिज्य बैंकहरूले ब्याजदर घट्ने भएको छ । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।
सार्वजनिक सूचनाअनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।
स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।
बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर %
कृषि विकास ५.७५ ५.५३
राष्ट्रिय वाणिज्य ५.८ ६
नेपाल एसबीआई ६ ६
लक्ष्मी सनराइज ६ ५.५
ग्लोबल आईएमई ६.२५ ५.७५
कुमारी ६.०१ ५.७१
प्राइम कमर्सियल ६ ५.७५
नेपाल ५.९५ ५.९५
सानिमा ६.१५ ६.१५
सिटिजन्स ५.७५ ५.६५
नबिल ६.२५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ ६ ६
स्टान्डर्ड चार्टर्ड ६.५ ६.२५
माछापुच्छ्रे ७ ६
प्रभु ६.१ ६.१
एनएमबी ६.५ ५.५७
एनआईसी एसिया ६.९९ ६.७९
हिमालयन ६.२५ ६.२५
एभरेस्ट ६ ६


















