सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा अनिश्चितकालका लागि बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भएको बताइएको छ । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।
तत्काल परीक्षणका लागि खुला गरिएको धरहरा दैनिक ६०० जना नि:शुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत नि:शुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो ।
बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा सधैका लागि खुला गरिएको फेरी चढ्न पाउनेको सङ्ख्या बढाएर एक हजार ५० पुर्याएको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्याङ्कमा उल्लेख छ ।


















