काठमाडौं महानगरपालिकाले एमालेलाई पठायो हुलाकबाट पत्र

नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र बुझ्न नपानेपछि इमेल र हुलाकमार्फत पत्र पठाइएको छ । पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् पत्र पठाइएको स्रोतले जनाएको छ ।

एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।