सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सरकार र प्रधानमन्त्री के. पी ओलीविरुद्ध भ्रामक र दुष्प्रचार गरेर एमालेलाई बद्नाम गर्न खोजेको भन्दै त्यसको प्रतिरोधमा उत्रिएको छ । सोही क्रममा उसले जागरण सभाको नाममा काठमाडँौमा मंसिर ७ गते शक्ति प्रदर्शन गरेको छ । भन्न त एमाले नेताहरुले जागरण सभा राजनीतिक स्थिरता दिन, एमाले बिरुद्धका भ्रम चिर्न सडकमा आयोजना गरिएको बताउँछन । एमाले नेताहरुले यस्तो तर्क गरे पनि अहिले एमाले माथि प्रश्न तेर्सिएको छ , सरकारको नेतृत्व गरिरहेको पार्टीले जनताले उठाएका प्रश्नका जवाफ सडकबाट दिने कि सरकारको कामबाट । जनताले उठाएका प्रश्नको जवाफ सरकारले जनतालाई सेवासुविधा, विकास निमार्ण, रोजगारी सिर्जना गरेर दिने हो । सुशासन दिएर दिने हो । नकि सरकारले काम गर्न सकेन सरकार अलोक प्रिय बन्यो भनेर यसको जवाफ सडकबाट दिने होईन । राम्रा काम गरेर दिने हो ।
भन्न त अहिलेको सरकार गठन गर्ने क्रममा आम जनतामा व्याप्त निराशा चिर्दै राजनीतिक स्थीरता दिन अहिलेको सरकार गठन गरेको दाबी गरिएको थियो ।तरसरकारले जनअपेक्षा अनुसार काम नगर्दा सरकार दिन प्रति दिन अलोक प्रिय बनिरहेको छ । यस्तो बेला सत्ता बाहिर बसेका राजनीतिक दलले सरकारलाई खबरदारी गर्छन् ।जुन सव्भाबिक हो । तर, बिश्वमा कतै नभएको अभ्यास नेपालमा नेकपा एमालले गरेको छ । उ सरकारमा हुँदा पनि सडकमा उत्रिएको छ । जुन कुरा अहिले आम चर्चाको विषय बनेको हो । सरकारको नेतृत्व गरेको राजनीतिक दलले जनताको माग अनुसार काम गर्ने हो न कि राज्यशक्तिको दुरुप्रयोग गरेर सडकमा सभा । खासमा भन्ने हो भने सरकारले राम्रो काम गरेन प्रधानमन्त्रीओलीले विदेशमा पैसा राखेका छन् भनेर सवत्र समाचार फैलीयो यसमै प्रष्टीकरण दिन एमालले जागरण सभा गरेको देखिन्छ । गलत नगरेको भए आत्तिएर एमाले सडकमा उत्रिने थिएन । अहिले एमाले आत्तिएको देख्दा भन्ने पर्ने हुन्छ केही न केही गडबडी भएको आशंका देखिन्छ,नत्र चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्नु पर्ने थिएन ।
सरकारको आलोचना गर्ने पक्षमाथि त्रास पैदा गर्न र सर्वसाधारण जनताले उठाएका प्रश्नको सडकबाट जवाफ दिन एमालले जागरण सभा गरेको प्रष्टै छ । यो पञ्चायतको अन्त्यतिर पञ्चायत ढल्नै लाग्दा गरिएको पञ्चर्रयाली जस्तै हो । यसबाट पुष्टी हुन्छ एमाले कमजोर हुदै छ र आत्ति सक्यो । कुनैपनि राजनीतिक दलले सरकारमा बसेर राष्ट्र र जनताको हित विपरित कार्य गर्छ, भने त्यस्तो अवस्थामा सत्ताबाहिर भएका दलले सडक आन्दोलनमा गर्दछन जुन स्वभाबिक हो । तर सरकारमा बस्नेले कामगर्ने हो सडक आन्दोलन होईन यो एमालेले ख्याल गर्नु पर्दछ । यसै गरि अर्को पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि यही गलत बाटोमा छ । उसले सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेपछि सडक आन्दोलन गरि रहेको छ । उसले सरकार र प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको पार्टी बिरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलन गरि रहेको छ । उसले पनि बुझ्नु पर्दछ अदालतमा मुद्धा पुगे पछि त्यसको छिनाफानो अब अदालतबाटै हुन्छ सडकबाट दवाव दिनु उचित हुदैन ।
तर कतिपयलाई भने सरकार आफैंले आन्दोलनमा धकलेको देखिन्छ । जस्तो कि नेत्र बिक्रम चन्दले सरकार संग भएको सहमति लागु गर भनेर आन्दोलनमा जानु स्वभाबिक हो । त्यस्तै के पी ओलीले भष्टचार गरे भनेर दुर्गा प्रर्साईले भन्दा घटनाको छानबिन गर्नु पर्नेमा छानबिन नगरि प्रर्साईलाइनै पक्राउ गरे पछि उनका समर्थक आन्दोलनमा जानु बाध्यता हो । कम्युनिष्टहरु स्वभावले अप्रजातान्त्रिक हुन्छन त्यसमाथि ओली त आफ्ना बिरोधि सक्काउने बाटेमा देखिन्छन उनी नेतृत्वको सरकार पनि अधिनायकवादतर्फ जान खोजेको देखिन्छ । उनले संविधान र कानुनमा टेकेर भन्दा पनि आत्म रतिका लागि मनलागि काम गरेको देखिन्छ यसलाई रोक्न प्रतिपक्षि दलहरु आन्दोलमा जानु स्वभाबिक हो नकि सत्ताको नेतृत्व गरेको एमाले ।


















