काठमाडौँ । शिक्षक समाज नेपालका सह अध्यक्ष भोजराज कोईरालाले एक बिज्ञप्ती जारी गरी केही समाचार माध्यममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्व गरेको नेसपा निकट शिक्षक समाज नेपाल र नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बीच एकता भएको भन्ने समाचार सत्य नभएको जनाउनु भएको छ ।
कोईरालाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ , पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएको भन्ने भ्रमपुर्ण समाचारबाट भ्रमित नहुन पनि आग्रह गर्नु भएको छ । उहाँले शिक्षक समाज बिघटन भएको भन्ने समाचार कपोलोकल्पिक र भ्रमपुर्ण रहेको पनि जनाउनु भएको छ ।
उहाँले शिक्षक समाज नेपालका सबै कमिटी यथावत रहेको र आफ्नो स्थापनाको लक्ष्यमा निरन्तर अघि बढिरहेको पनि जनाउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा काठमाडौँमा आयोजित एक कार्यक्रममा शिक्षक समाज नेपाललका सबै कमिटी बिघटन भएको घोषणा गर्ने अध्यक्ष ठाकुरनाथ गौतमलाई संगठनको हितबिपरीत काम गरेकोले शिक्षक समाजमा नेपालको बैठकले अध्यक्षबाट हटाउने निर्णय गरेको पनि बिज्ञप्तीमा उल्लेख छ ।


















