विद्यालयमा आक्रमण गर्ने चिनियाँ पुरुषलाई मृत्युदण्डको सजाय

मध्य चीनको एउटा प्राथमिक विद्यालयबाहिर कारले भिडलाई कुल्चिँदा एक दर्जनभन्दा धेरै बालबालिकाको मृत्यु भएको घटनामा अदालतले कार चालकलाई निलम्बित हुन सक्ने गरी मृत्युदण्डको सजाय दिएको छ । नोभेम्बर १९ मा चाङदे सहरमा भएको उक्त दुघर्टनामा १८ जना विद्यार्थी समेत ३१ जना घाइते भएका थिए । त्यतिबेला चीनमा एक हप्ताभित्र भिडलाई लक्षित गरेर भएको यो तेस्रो आक्रमण थियो ।

२ वर्षको निलम्बनको अवधिमा अरु अपराध गरेनन् भने हुआङ वेनको मृत्युदण्डको सजायलाई आजिवन काराबासमा परिणत गरिनेछ । अदालतको यो फैसला पछि सामाजिक सञ्जाल गर्माएको छ । केही प्रयोगकर्ताले अदालत हुआङमाथि उदार भएको आरोप लगाइरहेका छन् ।

लगानी गुमाएको अनि परिवारमा झैझगडा र द्वन्द्वको सामना गरिरहेको समयमा रिसको झोका हुआङले भिडमाथि गाडी चलाएको एउटा विज्ञप्तिमा अदालतले भनेको छ । सो घटनामा ठ्याक्कै कति जना घाइते भएका थिए भन्ने कुरा पहिलो पटक बाहिर आएको हो । उक्त घटनाबारे सामाजिक सञ्जालमा कयौँ पोस्ट भएका थिए । तर यस्ता कयौँ पोस्ट हटाइएको थियो ।

यो घटनाको केही दिन अघि पारपाचुकेका क्रममा श्रीमतीलाई गुजारा भत्ता र सम्पत्ति दिने विषयमा बेखुसी एक पुरुषले जुहाईमा भीडमाथि कार चलाएर ३५ जना मारेका थिए ।