१९ औं शताब्दीमा विश्वले दुई वटा खतरनाक विश्वयुद्ध भोगिसकेको छ । पहिलो विश्वयुद्ध १९१४ देखि १९१८ सम्म मुल रुपमा युरोप, अफ्रिका र मध्य पूर्व चलेको थियो । जसमा जल, स्थल तथा आकाशमा लडिएको थियो । भने दोस्रो विश्वयुद्ध अथवा द्वितीय विश्वयुद्ध सन् १९३९ देखि १९४५ सम्म चलेको थियो । पहिलो बिश्व युध्द इतिहास मा सबैभन्दा घातक वैश्विक संघर्षहरु मध्ये एक मानिन्न छ । यो दुई गठबन्धन, सहयोगी र केन्द्रीय शक्तिहरू बीच लडिएको थियो । युरोप, मध्य पूर्व, अफ्रिका, प्यासिफिकका भूभागमा र एशियाका केही भागहरूमा लडाइँ भएको थियो । लडाईमा अनुमानित ९० लाख सिपाहीहरू मारिए, थप २.३० करोड घाइते भए, जबकि ५० लाख नागरिकहरू सैन्य कारबाही, भोक र रोगको परिणाम स्वरूप मरेका थिए । त्यस्तै दोस्रो विश्वयुद्धमा विश्वभरिका लगभग ७० देशहरूका जल–स्थल–वायु सेनाहरू सम्मिलित थिए ।
यस युद्धमा विश्व दुई हिस्सामा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र । यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो । युद्धको अन्तमा मित्र राष्ट्रहरूको जीत भयो । सन् १९३९ सेप्टेम्बर १ मा पोल्यान्ड माथि जर्मनीले आक्रमण गरेपछि साधारणतया युरोपमा दोस्रो विश्वयुद्ध सुरु भएको थियो । यतिबेला केही सुरक्षा विद्हरु तेस्रो विश्वयुद्ध हुने केही संकेतहरु पनि देखा पर्न थालेको बताएका छन् । विश्वको शक्ति केन्द्र युनिपोलारबाट मल्टीपोलार भएका कारण पनि विश्वयुद्धको संकेत देखिएको बताएका छन् । विश्वका धेरै राष्ट्रहरुसँग खतरनाक हतियारहरु रहेको र यसको डर हरेक राष्ट्रले महसुस गरेको उनीहरु बताउँछन् ।
संयुक्त राज्य अमेरिका, चीन, रुस जस्ता राष्ट्रहरु एक अर्कालाई बारम्बार चुनौती दिने गरेका छन् । सिरियामा अमेरिका र रुस बिच टकराव भयो । त्यस्तै दक्षिण चीन सागरमा चीन र अमेरिका एकअर्कालाई चुनौती दिइरहेका छन् । यी राष्ट्रहरुबीच युद्ध हुने सम्भावना उच्च रहेको सुरक्षा विद्हरु बताउँछन् ।
सिरिया र इराकको युद्धले इस्लामका दुई मुख्य भाग शिया र सुन्नीबीच फाटो ल्याइएको छ । शियाले इरानको समर्थन गरेका छन् । सुन्नीले भने साउदी अरबको समर्थन पाएका छन् । यी दुवैलाई परमाणु हतियारले बलिया मानिएका राष्ट्रहरुको समर्थन रहेको छ। एउटालाई अमेरिकाको समर्थन रहेको छ भने अर्कोलाई रसियाले समर्थन गर्दै आइरहेको छ । यस्तै अमेरिका र चीनबीच दक्षिण सागरलाई लिएर तनाव छदैछ । रुस र युक्रेनबीच चलिरहेको तनाव रोकिने पक्षमा देखिएको छैन आक्रमण तेस्रो विश्वयुद्धको संकेत भएको बताएका थिए । यस्तै आतंकवादी संगठनहरु विश्वभर फैलिदै चुनौती दिई रहेका छन्। ताइवानको सङ्कट छदै छ ।
आक्रामक नेता रुसका पुटिन र उत्तर कोरियाका शासक किम–जोङ–उन आक्रामक नेताका रुपमा चिनिन्छन् । उनीहरुको छमेकी राष्ट्र राष्ट्रसँग तालमेल राम्रो छैन । उनीहरु आफ्नै छिमेकी राष्ट्रहरुसँग विभिन्न हत्कण्डा अपाउने गरेका छन् । त्यसकारण पनि ठुलो समस्या विश्वले भोगिरहेको छ ।
अबको चुनावमा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका छन् उनको पनि आक्रमक स्वभाव छ । जसले पनि एउटा नयाँ युद्धको सुरुवात हुन सक्ने केही विश्लेषहरु बताउँछन् ।
‘अहिले विश्वयुद्ध भइहाल्यो भने सातामा ११ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ। त्यसैले सङ्कट नगहिरिने गरी काम गर्न जरुरी छ। ताइवानको सन्दर्भमा सङ्कट गहिरिन्छ कि भन्ने भय छ । अमेरिकी र थुप्रै यूरोपेलीको हकमा के पनि सत्य हो भने हतियार नियन्त्रण जहिले पनि पूर्ण आणविक नि:शस्त्रीकरणसँग जोडिएको छ, जुन वर्तमान विश्वमा थोरै समयमा सम्भव छैन।
तेस्रो विश्वयुद्ध कसरी पन्छाउने ? विश्वका दुई महत्वपूर्ण देशहरू अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ । यही तरीकाले गए यी दुई देश युद्धमा पुग्न सक्छन्। हामी यो युद्ध कसरी पन्छाउन सकिन्छ भन्नेबारे सोच्न जरुरी छ । साथै शान्त र स्थिर विश्व व्यवस्था कसरी निर्माण गर्ने भन्नेबारे कुराकानी गर्न चाहन्छौं। पनि सोच्च्न जरुरी छ शीतयुद्ध एउटा परिस्थिति थियो, जहाँ दुई ध्रुवको बलियो उपस्थिति थियौं। शीतयुद्धको समयमा अहिले जस्तो परिस्थिति सिर्जना भएको थिएन । अब त तेस्रो विश्व युद्ध भयो भने सातामा ११ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ । त्यसैले सङ्कट नगहिरिने गरी काम गर्न जरुरी छ । तेस्रो विश्व युद्ध हुनबाट रोक्न विश्वभरका देशहरु सचेत र गम्भीर हुन जरुरी छ ।


















