भरूवा बन्दुक सहित दुई जना पक्राउ

भोजपुरको आमचोक गाउँपालिका-१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक १ नाल र सोही बन्दुकको ७ राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोली सहित पक्राउ गरेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।