क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।
देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो ।
पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएपछि गोली चलेको थियो।


















