अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

झापा, भद्रपुर नगरपालिका–५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तोदेखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका–२ बस्ने ४६वर्षीय जित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलर लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदैगरेको प्र २–०३–००५ प ९४८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहितपक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका –८ मुसकान टोल बस्ने ३१ वर्षीय सुरेन्द्र भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय १०मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबारबेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरीया गाउँपालिका(२ बस्ने २६वर्षीय राम प्रसाद चौधरी र कैलारी गाउँपालिका(५ बस्ने २५ वर्षीय हिमाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका(१८ बस्ने ५९ वर्षीय महिद मियालाई अवैध लागूऔषध गाँजा करिब ५ सय ८६ ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९०मिलिग्राम, तराजु १ थान र मोबाइल ६ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्तलागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सर्लाही, गोडैता नगरपालिका(१२ मधुवनीचोकबाट अवैध लागूऔषध सेतो हेरोइनजस्तो देखिने पदार्थ करिब ५२ ग्राम ५ सय १० मिलिग्राम, नगद ३० हजार ३ सय २०रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका–४ ठुलीदमार बस्ने ३४ वर्षीय तेज बहादुर बराईली र बारा निजगढ नगरपालिका–१ सिंगोल बस्ने ४२ वर्षीय आनन्द बराईली रहेकाछन् । इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी मधुवनगाउँबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको बाग्मती प्रदेश ०३–००५प ५२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सर्लाही, हरिवन नगरपालिका–१० बस्ने ६५ वर्षीया जय कुमारी पासवानलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ७७ ग्राम सहित बुधबार राति प्रहरीलेपक्राउ गरेकोछ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर तलासी
गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका(३ मैटहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित ३जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बारबर्दिया नगरपालिका–८ बस्ने २२ वर्षीय संतोष आउजी, ३० वर्षीयरामप्रसाद चौधरी र २९ वर्षीय प्रेम भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीलेउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।