बाबु लामा बचाऊ अभियानद्धारा १ लाख ७१ हजार सहयोग

कलाकार भुइसाल लामाका श्रीमान बाबु लामा विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पिडित भई उपचार गराई रहनु भएको छ । काभ्रे घर भएका लामा काठमाडौंको गोकर्ण–८मा अस्थायी बसोबास गरी उपचार गराई रहनु भएको हो ।

लामाको उपचारकालागि अत्यन्त धेरै रकम खर्च भएपछि उहाँका शुभचिन्तकहरुले बाबु लामा बचाऊ अभियान सञ्चालन गरी सहयोग संकलन गरेर उहाँकी जीवनसंगिनी एवम् कलाकार भुइसाल लामालाई घरमै पुगेर रकम  हस्तान्त्रण गर्नु भएको छ । सो रकम यही पौष ३ गते बाबु लामा बचाउ अभियानमा संयोजक रति लामाले बिदेशमा बसोबास गर्दै आइरहेका  समाजसेवीहरुले अमेरिकामा संकलन गरी अभियानलाई पठाएको रकम हतान्त्रण गर्नु भएको हो । संयोजक रति लामाका अनुसार अमेरिकामा संकलीत  रकम १२७१ अमेरीकी डलर नेपाली रकम रु. १ लाख ७१ हजार ३ सय १४  बाबु लामाकी जिवन संगिनी भुइसाल लामालाई हस्तान्त्रण गर्नु भएको हो ।

हस्तान्त्रण कार्यक्रमा कलाकार सुनिता भट्टराई  र कलाकार सरोज शर्माले  साथ दिनु भयेको थियो । बाबु लामा बचाऊको लागि रकम संकलन गरी नेपाल पठाउन समाजसेवी छेमाङ लामाले विशेष सक्रियता देखाउनु भएको संयोजक रति लामाले जानकारी दिनु भयो । त्यसैगरी उहाँले सहयोग गर्नेहरुमा नाम्गेल लामा २५१ डलर, जुग बाहादुर लामा २०० डलर, छेमाङ लामा १०७, अमृत बम्जन १०६, अमृत लामा १०१, इन्द्र तामाङ १०१, कृष्ण लोप्चन १०१, प्रेमा लामा १०१, मोहन वाइवा १०१, सुनमाइ तामाङ ५१, बिमला हमाल श्रेष्ठ ५१ डलर, गरी जम्मा१२ सय ७१ अमेरिकी अमेरिकी डलर नेपाली रुपियाँ १ लाख ७१ हजाुर ३ सय १४ संकलन भएको जानाकारी दिदै सोही रकम भुइसाल लामालाई  हस्तान्त्रण गर्नु भएको थियो । यसैगरी सो अवसरमा  स्थानीयतह गोकणेश्वर नगरपालिका वडा नं. ८ ले २५ हजार र वडा नं. ९ ले २५ हजार र वडा नं. ४ ले १० हजार सहयोग गरेको पनि संयोजक रति लामाले जानकारी दिनु भयो ।

साथै सहयोग रकम हस्तान्तरण गर्ने क्रममा रति लामा र सहयो रकम लिदै भुइसाल लामाले सम्पुर्ण समाजसेवी सहयोगी हरुलाई धन्यवाद दिदै कृतज्ञता प्रकट गर्नुका  साथै फेरी पनि सहयोगको आशा गर्दै सहयोगकालागि अपिल पनि गर्नु भयो । सोही क्रममा रति लामाले सहयोग गर्ने सम्पुर्ण समाजसेवी,अग्रज ब्यक्तित्व, तथा सहयोगी हरुलाई बिशेष धन्यवाद दिदै कृतज्ञता प्रकट गर्नु भयो साथै फेरी पनि सहयोगको आशा गर्दै सहयोगकालागि अपिल पनि गर्नु भयो ।