‘मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा जोड दिन सकिए सम्भ, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा टेवा पुग्ने विश्व व्यक्त गर्नुभएको छ ।

गुरूङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रदेश प्रमुख देवकोटाले चाडपर्व नेपालको गहना भएकाले यसको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

“बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकताको अनुपम नमूना भएको सुन्दर देश नेपाल हो”, प्रदेश प्रमुख देवकोटाले जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ, यसले हामीलाई सव्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा थप टेवा दिन्छ ।”

यस्तै प्रदेश प्रमुख देवकोटाले नयाँ वर्ष सन् २०२५ को शुभकामना दिनुहुँदै सन् २०२४ को मूल्याङ्कन गरेर कमीकमजोरी सच्याउँदै अग्रमणको दिशामा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । आफ्ना मौलिक संस्कृतिका रक्षार्थका सभ्य, अनुशासित र अर्थपूर्ण क्रियाकलापप्रति सबैले गर्व र समर्थन हुनु आवश्यक रहेको उहाँले औल्याउनुभएको छ ।