पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुरगाउँपालिका७ घर भई काठमाडौं महानगरपालिका(३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी रगोरखा घर भई काठमाडौं महानरगपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बरामरहेका छन् ।

पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसरकाठमाडौं भद्रकाली पठाइएको छ ।