हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका केही भू–भागमा हुस्सुरकुहिरो हुस्सु लागेको अवस्था छ।
दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेको बताउँदै महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्याउन सक्ने उल्लेख गरेको छ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






