आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई अदालत पेस गरिँदै छ ।
हिजो आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । डा भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।उनीबिरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ ।


















