काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित कम्फर्ट हाउसिङ अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएकी ७० वर्षीया मिना बैद्य पाण्डेको किचेन र २ ओटा कोठामा आइतबार बिहान आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, टिभी, दराज, फ्रिज लगायतका सरसामान जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















