नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिका वडा नं ४ को सहकार्यमा ३ दिने परम्परागत चित्रकला कार्याशाला, गोष्ठी तथा चित्र प्रदर्शनी कार्यक्रम संपन्न भएको छ ।
उक्त कार्यक्रममा कलाकार मिङ्मा लामाले परम्परागत थाङ्काको ऐतिहासिक पक्ष, दार्शनिक पक्ष, थाङ्काको महत्त्व, धार्मिक पक्ष, शैक्षिक पक्ष साँस्कृतिक पक्ष, थाङ्का कलामा युवाको भूमिका, थाङ्का कलामा महिला र अर्थ आर्जनमा थाङ्का कलाबारे कार्यपत्र प्रस्तुत गरेको थियो । साथै वरिष्ठ पौभा कलाकारहरु द्वारा डहु माध्यमिक विद्यालयको प्रगनमा पौभा चित्रकला प्रदर्शन गर्नुका साथै चित्रकला कार्यशाला पनि गरिएको थियो । कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङ प्रमुख अतिथि, विशेष अतिथि वडा नं ४ का अध्यक्ष दोनडुप लामा, प्रज्ञा प्रतिष्ठानको उपकुलपति मान बहादुर दोङ, परम्परागत चित्रकला विभागिय प्रमुख पालसाङमो लामा, प्रज्ञा निरिमाया, प्रज्ञा सुन्दर सिंखला लगायत १९ जान बरिष्ठ पौभा चित्रकारहरुको उपस्थिति रहेको थियो।


















