महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु

 

 

काठमाडौँ । महाकुम्भ मेलाका क्रममा गएराति प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ। ५० भन्दा बढी घाइते छन्।
भारतीय संञ्चार अमाध्यमका अनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पु¥याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।