खोटाङको खोटेहाङ गाउँपालिका-४ बड्कादियाले बस्ने दुर्गा बहादुर खत्रीको बाख्राको खोरमा गए राति लागेको आगो फैलिएर नजिकै रहेको उनकै २ वटा घरमा समेत आगलागी हुँदा नगद, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन तथा चाँदीका गरगहना समेत जलेर करिब १५ लाख
रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















