अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-७ शंकरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २५ वर्षीय दिपक कुँवर र बराहताल गाउँपालिका-८ बस्ने २३ वर्षीय डिल बहादुर नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।