करिब २ सय ९६ किलो गाँजा बरामद

सुनसरीको देवानगंज गाउँपालिका-७ सिनवारीबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९६ किलो ८ सय ५० ग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले गढी गाउँपालिका-४ स्थित छिटाहा नहरको बाटोमा एचआर ७० ई ९५०२ नम्बरको स्कारपियोलाई रोक्न खोज्दा फरार भए पश्चात इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले देवानगंज गाउँपालिका-७ सिनवारीस्थित सडक भन्दा १० फिट तल उक्त स्कारपियो फेला पारेको थियो । प्रहरीले स्कारपियो तलासी गर्दा प्लाष्टिकको बोरामा १० पोका र नजिकै लुकाई छिपाई राखेको ४ वटा पोकाबाट गरी उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।