नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना ५ जना घाइते

 

नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ। शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका १० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। दुर्घटनामा भएको माइक्रोमा १४ जना यात्रु सवार थिए। उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरू पाँचै जना चितवनका छन्।