नेसपा (नया शक्ति )उपाध्यक्षमा उमेदवारी दिने टेकम बांठा मगरले घोषणा गरेका छन । झण्डै साडे ३दशक लामो राजनीतिक क्षेत्रमा कृयासिल बांठामगर आदिवासी जनजाति कलस्टरको उपाध्यक्षमा उमेदवारी घोषणा गरेका हुन २०५४ साल देखि सानै उमेरमा राजतितीमा होमिएको युवा मगरले नेसपा (नया शक्ति ) को यही माघ २७देखि २९सम्म काठमाडौंमा हुने महाधिवेशनमा आफू उपाध्यक्षमा उमेदवारी दिने बताएका छन।
१० बर्षे जनयुद्ध ,०६२/०६३जनआन्दोलनमा पुर्णकालिन भएर राजनितिमा क्रियासिल बांठामगर नया शक्ति स्थापना काल देखि बैकल्पिक राजनितिको केन्द्रीय जिम्मेवारीमा रहेर लामो समय कार्य गरेको अनुभव ,जनजाति महासंघको केन्द्रीय नेतृत्वको अनुभव,पार्टीको राजनीतिक समितिमा लामो समय काम गरेको अनुभवले पार्टीलाई सबै जातिय समुदाय ,बर्ग,महिला र युबा प्रोढको सन्तुलन सुनिश्चित गर्न , पछाडि पारिएका बर्ग समुदायलाई राजनितीको मुल प्रवाहमा ल्याउन र पार्टीमा क्रान्तिकारी उर्जा पैदा गर्ने कामको नेतृत्व गर्नेछु उनले भने।
भुमिगत र बैधानिक राजनितिको समेत अनुभव भएका मगरले पछिल्लो समयमा राजनितिमा देखा परेको निराशा चिर्न र आर्थिक आत्मनिर्भरता सहितका क्षामतावान कार्यकर्ताको टिम निर्माण र जनमत सृजना गर्ने भुमिका पूरा गर्न उपाध्यक्षमा उमेदवारी घोषण गरेको बताउनुभयो।




















