विधेयक सर्वसम्मतिले पारित

कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव माथि सभामुख सिर्जना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय’लाई दफावार छलफलका निम्ति विषयगत समितिमा पठाइएको छ ।

दफावार छलफलका लागि दुई वटा संशोधन प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले सो विधेकयलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइयोस् भनी प्रस्ताव गरेपछि सभामुख दनुवारले पेश गर्नुभएको निर्णायार्थ सर्वसम्मतिले पारित गरेको हो ।

शून्य समय
कोशी प्रदेशसभाका सदस्य डोल्मा तामाङ, इस्राईल मन्सुरी, खिनु लङवा लिम्बू, किशोचन्द्र दुलाल, निरन राई, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, कमला दर्नालले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।