बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

 

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बालक घाइते भएका छन् ।

आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो ।

रावतको ट्याक्टरको ट्रालीमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।ब