महासचिव गुरुङ : विदेशी शक्तिको आडमा राजावादी सक्रिय छ

नेकपा(माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ ।

महासचिव देव गुरुङले पूर्वराजाको सक्रियता विदेशी शक्तिहरूको आडमा आधारित रहेको र प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको बताएको छ । यसले गणतन्त्रलाई कमजोर पार्ने देखिन्छ । देशी र विदेशी शक्तिहरूले राष्ट्रवादलाई कमजोर पार्न र माओवादीहरूले ल्याएको प्रणालीलाई उल्टाउन खोजिरहेका छन् भनी गुरुङले तर्क गरे । उनले केपी ओली सरकारको जनविरोधी गतिविधिका कारण राष्ट्रियता थप सङ्कटमा परेको छ ।

अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको हामीले निष्कर्ष निकालेका छैनौँ । तर, राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन ।’

गुरुङले बैठकमा चैत ५ गते हुने स्ववियु निर्वाचन, तराई मधेस जागरण अभियानबारे समीक्षा भएको बताए । अभियान स्थगित राजावादीको सक्रियताका कारण नभई बैठक बस्नका लागि गरिएको उनले दाबी गरे ।