काठमाडौँ । राजतन्त्र पक्षधर समूहले आज शनिबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । समाखुसीबाट बाइक ¥याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् । उनीहरु श्री पेज खोज्ने भन्दै नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी आएका हुन ।
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।


















