अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर

साउदी अरेबियामा युक्रेनी र अमेरिकी अधिकारी बीचको वार्ता सकारात्मक भएको ठहर युक्रेनी अधिकारीले गरेका छन्। युक्रेनी रक्षा मन्त्री रुस्टम उमेरोभले वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित रहेको बताए।

उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहना भएको बताए।सोमबार साउदी अरेबियामा नै रुसको प्रतिनिधिमण्डलसँग अमेरिकी अधिकारीकोसाथ भेट हुनेछ।

यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो भने युक्रेनले स्वीकार गरेको थियो। दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए।