गोदावरी नगरपालिका वडा नं. ६ मा हरेक आइतबार निःशुल्क स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा दिईने ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ६ कार्यालय र आधारभूत स्वास्थ्य सेवा केन्द्र – ६, टिकाभैरवको संयुक्त प्रयासमा अब हरेक आइतबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा दिईन भएको छ । सो सेवाको यही चैत्र १० गते आइतबार देखी सुरू भएको हो ।सो सेवाको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष विष्णुमान महर्जन, नहुदा संस्थाकी म्यानेजर राधा ज्ञवाली, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिनु महर्जन, रजिस्टर्ड नर्स रश्मि महर्जन, र स्वास्थ्य संस्था प्रमुख संजीव मल्लिकको विशेष उपस्थिति रहेको थियो।
महिलाहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै उपलब्ध गराइएको सो सेवा निःशुल्क हुनेछ। नहुदा संस्थाकी म्यानेजर राधा ज्ञवालीले महिला दिदी बहिनीमा स्त्री तथा प्रसूति सम्बन्धी कुनै समस्या छ भने हरेक आइतबार टिकाभैरव स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवा लिन सकिने बताउनु भयो ।
बिगत २५ बर्षदेखि निरन्तर रूपमा महिला प्रजनन् स्वास्थ्यके साथै बिशेष गरि पाठेघरको मुख र स्तन क्यान्सर पूर्व पहिचान गरि प्रतिरोधात्मक उपचार गर्दै आएको नहुदा संस्थाले गोदावरी नगरपालिका स्वास्थ्य शाखा , ६ नं. वडा कार्यलय र आधारभूत स्वास्थ्य सेवा केन्द्र –६, टिकाभैरवको सहयोग र सहकार्यमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मिनु महर्जनको टीम बाट सेवा दिन सहयोग गर्ने छ । नहुदा सस्थाबाट सेवा लिइरहनु भएका महिला दिदिबहिनीहरूलाइ आधारभूत स्वास्थ सेवा केन्द्र टिकाभैरवमा आउनुहुन अनुरोध पनि गरिएको छ र भनिएको छ “ स्वास्थ्य नै सम्पत्ति हो – नियमित जाँच गरौं, स्वस्थ रहौं” ।