काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी गरेको हो ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कफ्र्यु आदेश गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
नेकपा एकीकृत समाजवादीको कार्यालयमा फर्निचरका र कागजपत्रहरु जलाए


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।
निनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालय समेत प्रभावित बनेको हो ।
माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास

काठमाडौंको तीनकुनेबाट तितरबितर राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।
तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र आगजनी गरेका छन् । जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।


















